
लोकगायक रामजी खाँणलाई मातृशोक
पोखरा — लोकगायक रामजी खाँणलाई मातृशोक परेको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका प्रथम उपाध्यक्षसमेत रहेका खाँणकी आमा रुप कुमारी खाँणको उपचारका क्रममा मंगलवार राती पोखरास्थित गण्डकी मेडिकल कलेजमा निधन भएको हो ।
उनको आजै बिहान ९ बजे पोखराको रामघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।



कागजपत्र |
