डान्सिङ बिटमा आशिषको पानी बादलु


काठमाडौं– पिरिम नलाउने, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरीलगायतका गीतबाट चर्चामा आएका गायक आशिष सचिनले मंगलबार डान्सिङ बिटको गीत ‘पानी बादलु’ सार्वजनिक गरेका छन् । गीतमा आशिषलाई रेश्मा पुनले स्वरमा साथ दिएकी छन् भने दीपक शर्माको शब्द र संगीत छ ।

भिडियोमा पनि गायक सचिनसँगै एलिशा शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन खतिवडा ‘म्याकुरी’ र खड्गबहादुर पुन ‘खबपु’को पनि अभिनय रहेको छ । गम्भिर विष्टको निर्देशन, कन्सेप्ट तथा कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारी र टिमको छायांक तथा सुप्रिम पराजुलीको कलर र सम्पादन छ ।

प्रतिक्रिया