जुगेडा प्रहरी हत्यामा संलग्न ७ जना सार्वजनिक


कैलाली – गस्तीको क्रममा हत्या गरिएका कैलालीका दुई प्रहरीको हत्यामा संलग्न सात जनालाई सार्वजनिक गरिएको छ । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न ७ जनालाई प्रहरीले मंगलबार दिउँसो सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनामा संलग्नता पुष्टि भएको भन्दै धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल रानालाई सार्वजनिक गरेको छ ।

उनीहरुलाई गस्तीको क्रममा रहेका दुई जना प्रहरीलाई घरेलु हतियार प्रयोग गरेर हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया