हेलिकप्टर चार्टर गरेर चोर र पुलिसको छायांकन


काठमाडौं फिल्म चोर र पुलिसको छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायांकन सुरु भएको हो ।

काठमाडौबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले त्यहाँ मुर्हूत गर्दै फिल्मको पे्रमकथामय गीत कुन देश कि परी..बाट छायांकन सुरु गरेको थियो । गीतको छायांकन कालिन्चोक आसपासका स्थानमा  गरिएको हो । गीतमा अभिनेत्री कविता राय, अभिनेता तथा निर्देशक आरएल लामाले अभिनय गरेका थिए ।

कालिन्चोकको अहिलेको मौसम एकदमै राम्रो भएकोले हेलिकोप्टर चार्टर गरेर फिल्म छायांकन त्यहाँ पुगेको निर्देशक राजु लामाले बताए ।

दोलखाको अलावा सिन्धुपाल्चोकसँग जोडिएको मुडे, चरिकोट, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौलगायतका स्थानमा फिल्मको छायाँकन हुनेछ । फिल्ममा बुद्धि तामाङ, सुलेमान शंकर इकु, जयनन्द लामा, धिरेन शाक्य, कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, कविता राय र बाल बलाकार अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहनेछ ।

आरएल फिल्म इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा बन्ने फिल्मका निर्माता सोनाम मोक्तान, लङ्कामाया मोक्तान हुन् । निर्देशक लामाकै लेखन रहेको फिल्मले नचाहँदा नचाहदै चोर बन्नुपर्ने बाध्यता र पुलिसको कतव्र्य विषयबस्तु बनाइएको छ । फिल्मका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुन् ।

फिल्ममा विकास चौधरीको संगीत, सुरेश लामाको स्वर, आरएल लामाको शब्द, दिनेश पाख्रिनको, अजय स्याङ्तान, अर्जुन भुषालको नृत्य, राजु किरतीको द्धोन्द र रामेस्वर हुमागाईको छायाँकन रहनेछ । फिल्मका रमेश खत्री, करणबहादुर बिष्ट, शेखर लामा सहनिर्माता रहेका छन् । फिल्मको वितरण रीज इन्टरटेनमेन्टका करण श्रेष्ठले गर्नेछन् ।

प्रतिक्रिया