काठमाडौं केन्द्रित भयो किवीको वाइन, मदिरा मात्रै होइन ओखती


काठमाडौं– फलफूलको राजा मानिने किवीको वाइन पहिलो पटक काठमाण्डौ बजारमा आएको छ । किवीको बजार विस्तारका लागि धनकुटाको राजारानीमा उत्पादित ‘वाइन फ्याक्ट्री’ले आफ्नो पहिलो उत्पादन काठमाण्डौमा विक्री सुरु गरेको हो ।

विश्वकै सबैभन्दा पोसिलो फलको रूपमा रहेको किवीको व्यावसायिक खेती पूर्वी नेपालमा सुरु भए सँगै वाइन उत्पादन सुरु गरि बजारमा ल्याएको हो । पहिलो पटक काठमाण्डौलाई पूर्वी पहाडी जिल्लामा उत्पादन भएको फलको वाइन चखाउन विक्री सुरु गरेको माउण्ट एभरेष्ट वाइनरीका प्रवन्ध निर्देशक विष्णु वास्तोलाले बताए ।

प्रिन्सेस नामक वाइन बजार ल्याएका छौ बास्तोलाले भने । अनुकूल हावापानीका कारण नेपालको पहाडी क्षेत्रमा किवीको व्यावसायिक खेती गर्न सकिने भन्दै किसानहरुलाई लक्षित गरेर करिब २० करोडको लागतमा उत्पादन भएको वाइनलाई काठमाण्डौलाई चखाउन विक्री वितरण सुरु गरेको हो । लगातै केहि दिन भित्रै पूर्वी नेपालको सहरहरुमा विक्री सुरु गछौ प्रवन्ध निर्देशक बास्तोला भन्छन् । ‘प्रिन्सेस वाइनले वाइन पारखी उपभोक्ताको मन जित्न सफल हुनेमा हामी विश्वस्त छौं,’ उनले भने । उद्योगले रेड र ह्वाइट वाइन उत्पादन गरिरहेको छ ।

उद्योगमा करिब २ सय जनाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको बास्तालो बताउँछन । ‘उद्योग आफैले पनि किवी खेतीमा लगानी गरेको छ,’ उनले भने । वाइनरी क्षेत्रमा संगालेको लामो अनुभव र देशविदेशका तालिमबाट प्राप्त गरेको विज्ञताका कारणले आफूहरुले उद्योगबाट उत्कृष्ट क्वालिटीको वाइन उत्पादन गर्न सफल हुने बास्तोला बताउँछन ।

साढे दुई दशकको इतिहास रहेको स्वदेशी वाइन उद्योगको बजार विस्तार हुँदै जाँदा उद्योगहरूको संख्या करीब दुई दर्जन पुगेको छ । उच्च वर्गमा सीमित वाइन पछिल्लो एक दशकदेखि नेपाली बजार सुहाउँदो उत्पादन, मूल्यका कारण मध्यम र निम्नमध्यम वर्गमा प्रिय बनिरहेको छ । आफ्नै देशको किसानको उत्पादन खेर जान नदिन हामीले पहिलो पटक किवीको वाइन बजारमा ल्याएका हौ कम्पनीका अध्यक्ष हरेराम साह भन्छन् ।

हामी बजारलाई नयाँ स्वाद चखाउन चाहान्छौ । नेपालको हावापानीमा चैत वैशाखमा फूल फुल्छ र कात्तिक, मंसिरमा फल टिप्न तयार हुन्छ। यसको बाहिरी झुस न्युजील्यान्डको रास्ट्रिय चरा किवीको भुवा जस्तो देखिने भएकाले किवी नाम दिइएको हो । संसारमा पाइने २७ फल मध्ये सबै भन्दा पोसिलो फलको रूपमा किवीलाई लिने गरिएको छ । पोसिलो फल अनारमा ५ प्रतिशत खाद्यतत्व हुन्छ भने किवीमा १६ प्रतिशत । काँचो खाँदा अमिलो हुने किवीमा भिटामिन तथा खनिज पदार्थ प्रशस्त पाइन्छ। किवीमा औषधिजन्य गुण पनि पाइन्छ। पेट सम्बन्धी रोग, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोल, मधुमेहजस्ता रोगका लागि उपयोगी मानिन्छ। किवी फलबाट जुस, जाम, वाइन लगायत विभिन्न परिकार बनाउन सकिन्छ। केही समययता हाम्रो फलफूल बजारमा एउटा स्वादिलो, रसिलो फलले प्रवेश पाएको छ । फल हो, किवी । यो आयातित होइन । हाम्रै घर आँगनको फल हो । फल अन्डाकार छ । बोक्रा तासेर खाँदा गाउँपाखामा फल्ने ऐंशेलुको स्वाद पाइन्छ । यसले जिब्रोलाई सजिलै लोभ्याइ दिन्छ । तर, यसको गुण स्वादमा मात्र छैन ।

स्वास्थ्यका लागि पनि अति गुणकारी फल हो, यो ।

किवीको औषधीय गुण – किवीबाट भिटामिन, खनिज र औषधीजन्य तत्व प्राप्त गर्न सकिन्छ । जसको पेटको विभिन्न समस्याबाट बचाउनुका साथै मधुमेह, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोललार्य सन्तुलनमा राख्ने काम गर्छ ।

– किवीमा क्यालोरिको मात्रा प्रसस्त हुन्छ । त्यसैले यसको नियमित सेबन सेवन गर्दा क्यान्सरजस्तो रोगबाट बचाउनका लागि पनि सहयोग र्पुयाउछ ।

– यसले छालालाई स्वस्थ राख्न भूमिका खेल्छ । छालासम्बन्धि विभिन्न रोगबाट पनि बचाउँछ ।

– यसले आँखालाई समेत तन्दुरस्त राख्न भूमिका खेल्छ । यसले आँखाको ‘भिजन लस’बाट पनि बचाउँछ ।

– किवीको नियमित प्रयोगले रक्तचाप सन्तुलनमा रहन्छ ।

– यसले मुटु रोगको सम्भावनालाई समेत कम गर्छ । (तौल घटाउने प्रयासमा हुनुहुन्छ भने किवीको नियमित सेवन गरौं ।

– किवीले अनिद्राको समस्या समाधाान गर्नमा पनि अहम भूमिका खेल्छ ।

 – यसमा प्रसस्त आइरनको मात्रा हुने भएकाले गर्भबती महिलाहरुको लागि निकै उपयोगी हुन्छ ।

– किवीले पाचन प्रक्रियामा पनि महत्वपूर्ण भुभिका निर्वाह गर्छ ।

प्रतिक्रिया