मधेश प्रदेशका दुई मन्त्रीले गरे पदभार ग्रहण


जनकपुरधाम – बिहिबार जिम्मेवारी तोकिएका मधेस प्रदेशका दुई मन्त्रीले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

भौतिक तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका एमाले दलको नेता समेत रहेका सरोजकमुार यादव र जनमत पार्टीबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका बसन्त कुशवाहाले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै भौतिक तथा पूर्वाधार मन्त्री यादवले मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर काम अगाडी बढाउने पहिलो निर्णय बताए ।

त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुशवाहाले किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने पहिलो निर्णय गरेको हो ।

प्रदेशमा जनमत पार्टीले यसअघि सहमतिका आधारमा सामाजिक विकास मन्त्रालय पाएका थियो । तर, बिहिबार सहमति हेरफेर गरेर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिइएको थियो ।

प्रतिक्रिया