उठिबास लगाउन पाइँदैन भन्दै सुकुम्बासीहरूको प्रदर्शन


काठमाडाैं – संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

सुकुम्बासी मोर्चाले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले स्थायी विकल्पविना उठीबास बन्द गर्न माग गरेका छन् ।

माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा गएर विरोधसभामा परिणत भएको थियो ।

प्रदर्शनमा उत्रिएकाहरूले ‘स्थायी विकल्पबिना उठीबास बन्द गर’, ‘भूमि अभियन्तामाथि लागेको झुटा मुद्दा नि:शर्त तत्काल फिर्ता गर’, ‘भूमि ऐन बमोजिम सुकुम्बासीलाई लालपुर्जा वितरण गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

प्रतिक्रिया