लोकदोहोरी गायक भीम पौडेलको निधन


स्याङ्जा – लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको स्याङ्जास्थित आफ्नै घरमा निधन भएको हो ।

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले उनको निधनबारे जानकारी दिएका हुन् । पौडेल पछिल्लो दुई महिनादेखि बिरामी थिए । रक्तअल्पत्ताबाट ग्रसित उनको उपचार चलिरहेको थियो ।

पछिल्लो समय भने उनी घरमा आराम गरिरहेका थिए । पौडेलको शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

प्रतिक्रिया