बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसरी सकिन्छ त हेर्न ?


काठमाडौं – बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरिएको छ । आइतबार कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा उक्त आईपीओ बाँडफाँट गरिएको हो

कम्पनीको सेयरमा १२ लाख ५८ हजार ४२१ योग्य आवेदकबाट एक अर्ब ४३ करोड ५१ लाख ८३ हजार रुपैयाँबराबरको एक करोड ४३ लाख ५१ हजार ८३० कित्ता आईपीओका लागि आवेदन परेको थियो ।

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले सेयर वितरण गरिएको छ । सोअनुसार सेयर वितरण गर्दा योग्य आवेदकमध्ये ११ लाख ९१ हजार २८४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

शेयर आफूलाई परे नपरेको हेर्नका लागि मेरोशेयरको आईपीओ रिजल्ट वेभसाइटमा हेर्न सकिनेछ ।

प्रतिक्रिया