

जुवा खेलिरहेको अवस्थामा ८ जना जुवाडे पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । ४५ वर्षीय माधव लाल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा चितवन घर भई काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने २८ वर्षीय रमेश घिमिरेसहित ८ जना छन् । बिहिबार साँझ गौशाला वृत्तबाट खटिएको टोलीले जुवा खालमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवा खालबाट ६४ हजार ५ सय २९ रूपैयाँ नगद र तास बरामद गरेको छ । आरापीहरुबारे जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर जुवा मुद्दामा अनुसन्धान भइरहेको परिसर काठमाडौंले जनाएको छ ।

