जोरपाटीमा एक जना मृत अवस्थामा फेला


काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ स्थित जोरपाटीमा युवकको शव भेटिएको छ । ३६ वर्षीय बद्री भुजेल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गल्लीमा मृत भेटिएका भुजेलको शरीरमा कुनै चोटपटक देखिएको छैन । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया