सिटिजन्स बैंक र वन डे थ्री डी आर्ट रेष्टुरेन्टबीच सम्झाैता


ललितपुर – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वन डे थ्रिडी आर्ट रेष्टुरेन्टबीच सम्झौता भएको छ । सम्झौताअनुसार काठमाडौंबीच सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई रेष्टुरेन्टको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कुमारीपाटीस्थित रेष्टुरेन्ट परिसरमै भएको सम्झौतापत्रमा रेष्टुरेन्टका तर्फबाट प्रबन्ध निर्देशक सुन्दर विष्ट र सिटिजन्स बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन मानन्धरले हस्ताक्षर गरेका थिए ।

कोरोना महामारीका कारण समग्र राष्ट्रकै आर्थिक अवस्था कमजोर भइरहेको र अर्थतन्त्र चलायमान हुन नसकेको वर्तमान परिप्रेक्ष्यमा यस्ता किसिमका समझदारीले व्यापार प्रोत्साहनमा धेरै हदसम्म सहयोग पुग्ने निर्देशक विष्टले बताए ।

कोरोना महामारीका कारण उत्पन्न वर्तमान अवस्थालाई गम्भीर रुपमा मध्यनजर गर्दै आर्थिक क्रियाकलापलाई चलायमान बनाउन रेष्टुरेन्टले नेपाल सरकारले तोकेको हरेक मापदण्ड अपनाउँदै रेष्टुरेन्ट सञ्चालन गर्दै आएको छ ।

नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको थ्रीडी आर्ट रेष्टुरेन्ट स्थापनाको छोटो समयमा नै उपभोक्ताबीच लोकप्रिय बनेको छ रेस्टुरेन्टमा करिब दुई सयजना अटाउँछन् । नेपाली, भारतीय र तेस्रो मुलुकका गरी ८० भन्दा बढी परिकार पाइने उक्त रेष्टुरेन्टले निःशुल्क फोटो खिच्ने व्यवस्था समेत रहेको छ । जावलाखेल चोकबाट लगनखेल तर्फ करिब २ सय मिटर अगाडी दायाँतर्फ रहेको रेष्टुरेन्ट आकर्षक साजसज्जाका साथ सञ्चालनमा ल्याइएको छ ।

उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक महानूभाव तथा कर्मचारीले वनडे थ्रिडी आर्ट रेष्टुरेन्टका विभिन्न सेवामा बिषेश छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०६ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सातलाखभन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आएको छ ।

प्रतिक्रिया