सचिवालयमा प्रचण्डले पेश गरेको अभियोग पत्र फिर्ता लिइ चुनावमा सहभागी भए पार्टी एकता हुनसक्छ : पोखरेल


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका नेता ईश्वर पोखरेलले प्रचण्ड–माधव पक्षसँग पार्टी एकताको सम्भावना रहेको भन्दै त्यसका लागि दुईवटा सर्त स्वीकार्नुपर्ने बताएका छन् ।

नेकपा ओली समूहले माघ २३ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले उक्त कुरा बताएका हुन् । उनले कार्तिक २८ मा सचिवालयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको ‘आरोप पत्र’ फिर्ता लिन र बैशाखमा हुने चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताएका छन् ।

‘अहिले पनि जुन अराजकता सिर्जना गर्न खोजियो, जनताको भावनामा चोट पुर्‍याउन खोजियो,’ उनले भने, ‘यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ । कात्तिक २८ गते पार्टी अध्यक्षका रुपमा रहनु भएका पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्षलाई जुन गम्भीर आरोप लगाउनु भएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ । र, घोषित निर्वाचनमा सहभागी हुन तयार भएर आउनुपर्छ । त्यसो हुँदा अहिले जुन स्थिति देखिएको छ, त्यसलाई टार्न सकिन्छ ।’

प्रतिक्रिया