छबि र मिलनको साथमा ‘टन्नै माया तिमीलाई’


काठमाडौं – गायन विधामा बिशेष रुची रहेकै कारण अमेरिकामा बसेर नेपाली गीत संगीतमा समय खर्चिने व्यक्ति हुन् गायक छबि न्यौपाने । आफ्नो व्यवसायलाई थाती राखेर नेपाली गीत संगीतलाई प्रबर्धन गर्ने कार्यमा उनि निरन्तर लागिपरिरहेका छन् । गीत संगितलाई निरन्तरता दिने क्रममा हालसालै न्यौपानेको आफ्नै स्वरमा सजिएको ‘टन्नै माया तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा गायक छबि न्यौपाने संगै गायिका मिलन नेवारले स्वर भरेकी छिन् । गोपी दाहालको शब्द रहेको गीतलाई अम्बर तुम्बापो सुब्बाले संगीत र गोपाल रसाइलीले अरेन्ज गरेका छन् । अहिलेको समयलाई मध्य नजर गरेर गीत निर्माण गरिएको देखिन्छ । अहिले गीत संगै त्यसको भिडियो अर्को बलियो पक्ष रहने गरेको सबैलाई जगजाहेर नै रहेको छ । तसर्थ यस गीतको भिडियो पनि राम्रो बनाउने प्रयास निर्माण पक्षले गरेको देखिन्छ ।

म्युजिक भिडियोको दुनियामा राम्रो छाप छोड्न सफल निर्देशक गम्भीर बिष्टको निर्देशनमा यस गीतको भिडियो निर्माण भएको छ । नवराज उप्रेतीको छायांकन, नबिन निरौलाको सम्पादन र सुबोल थापाको कोरियोग्राफी यस भिडियोमा रहेको छ । पछिल्लो समय दर्शकहरुको रोजाईमा परेको जोडी सरोज अधिकारी र आशमा बिश्वोकर्माले यस भिडियोमा अभिनय गरेका छन् । गीत फास्ट बिटमा भएकै कारण भिडियोमा डान्स मज्जाको देख्न सकिन्छ । भिडियोलाई रेअल्टर छबि न्यौपाने – सिनसिनाटि, ओहाइयोले निर्माण गरेको छ ।

अहिले यस गीतको भिडियोले युटुबमा दर्शकहरुको माया प्राप्त गर्दै राम्रो भ्युज बटुलिरहेको छ ।

प्रतिक्रिया