श्रीमान‍्को कुटाइबाट श्रीमतीको मृत्यु


काठमाडौँ- अछाममा श्रीमान‍्को कुटपिटबाट श्रीमतीको ज्यान गएको छ। पन्चदेवल बिनायक नगरपालिका-७ पुल्लेतोला दोम्सीगाडा बस्ने ४० वर्षीया मान्मा बिकको श्रीमान‍्को कुटपिटबाट ज्यान गएको हो।

मान्माका श्रीमान् ४८ वर्षीय पहेलु कामीले गएराति कुटपिट गर्दा मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। प्रहरीले फरार पहेलु कामीको खोजी गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया