सेयर बजारमा ब्रेक, ४४ अङ्कले घट्यो नेप्से


काठमाडौं ( मौद्रिक नीतिपछि लगातार बढेको सेयर बजारको उत्साह आज (मंगलबार) रोकिएको छ ।

आज बजार ४४।८० अङ्कले घटेर २०८८।१६ बिन्दुमा झरेको छ । करिब डेढ महिनापछि २ हजार १०० को बिन्दु टेकेको बजारले मंगलबार भने त्यो स्थिति कायम राख्न सकेन ।

कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । २२२ कम्पनी सामेल भएको आजको बजारमा ३ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । जीवन बिमा, विकास बैङ्क, लघुवित्त समूहको गिरावट सबैभन्दा बढी छ ।

बजार घट्दा पनि मल्टिपर्पोज फाइनान्स, सुर्योदय लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदि हाइड्रोपावरको सेयर मूल्यको वृद्धि सबैभन्दा बढी छ ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडका सेयर धनीले सबैभन्दा बढी गुमाएका छन् ।

प्रतिक्रिया