छानबिन समितिलाई गृहको पत्र- सिंहदरबार गेटको सिसिटिभी फुटेज १६ दिनभन्दा धेरै रहदैन


काठमाडौं – गृह मन्त्रालयले सिंहदरबार गेटको सिसिटिभी फुटेज १६ दिनभन्दा धेरै नरहने भन्दै छानबिन समितिलाई पत्र पठाएको छ ।

जनार्दन शर्मामाथि छानबिन गरिरहेको समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने निर्णय गरेको थियो ।

आज (मंगलबार) गृह मन्त्रालयले समितिलाई पत्र पठाएर सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज १६ दिनभन्दा धेरै नरहने जवाफ दिएको हो ।

समितिले प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको अर्थ मन्त्रालयको सिसिटिभीको हार्डडिस्कको रिकभर भिडिओसहितको रिपोर्ट हिजो आइसकेको छ । जेठ १४ गतेको सिसिटिभी फुटेज रिकभर भए पनि मन्त्रालय छिरेको मान्छे भने नचिनिएको बताइएको छ । समितिले आज साँझ फरेन्सिक ल्याबका विज्ञसँग छलफल गर्दै छ ।

यसभन्दा पहिले पनि अर्थ मन्त्रालयले आफ्नो मन्त्रालयमा सिसिटिभी फुटेज १३ दिनभन्दा धेरै नरहने बताएको थियो । समितिले फरेन्सिक ल्याबमा पठाएपछि फुटेज रिकभर भएको थियो ।

प्रतिक्रिया