चर्को मूल्यवृद्धिको विरोध : मूल्य समायोजन गर्न माग गर्दै नेविसंघ आन्दोलित


नवलपुर – नेपाल विद्यार्थी संघले मूल्यवृद्धिको विरोधमा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा विरोध प्रदर्शनसहित आधा घण्टा चक्काजाम गरेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै खाध्यान्न र अन्य क्षेत्रमा पनि चर्को मूल्यवृद्धि भएको भन्दै मूल्य समायोजन गर्न माग गर्दै नेविसंघले आन्दोलन गरेको हो ।

विरोध कार्यक्रममा बोल्दै नेविसंघका निवर्तमान केन्द्रीय सदस्य आरसी भट्टराईले नेविसंघ सत्ता नेतृत्व गर्ने नेपाली कांग्रेसको भ्रातृ संगठन भए पनि जनजीविकाको पक्षमा सधै लडिरहने बताए । सत्तामा बस्दा नेतृत्वले जे गरे पनि टुलुटुलु हेरेर बस्नुभन्दा रचनात्मक सहयोग गर्ने र जनताको पक्षमा नरहेको निर्णयमा विरोधमा उत्रिने उनले बताएका थिए ।

विरोध सभामा सहभागीले मूल्यवृद्धि खारेज गर, जनतालाई क्षति भो, मूल्यवृद्धि अति भो, हाम्री आमा के भन्छिन्, खाने तेल सस्तो ले भन्छिन् लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । विरोध प्रदशर्नमा जिल्लामा रहेका नेविसंघ इकाईका प्रतिनिधि र जिल्लास्तरका विद्यार्थी नेताहरु सहभागी थिए ।

प्रतिक्रिया