शेयर बजार राताम्मे, नेप्सेमा ४५ अङ्ककाे गिरावट


काठमाडाैं – ओरालो यात्रामा रहेको  शेयर बजार आज बिहीवार पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव २५ अङ्कले घटेर एक हजार आठ सय ४८ दशमलव २८ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बेच्नेहरूको लहरका कारण कारोबार रकम भने बढेको छ । दुई सय ३७ वटा कम्पनीकाे ५० लाख आठ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ९७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै कुमारी बैंकको नाै करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज शिवश्री हाइड्रो र लिबर्टी इनर्जीको शेयर साढे नाै प्रतिशतले तथा जोशी हाइड्रो र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेर राताम्मे भए पनि आँधीखोला र सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया