तार मिलाउने क्रममा सुकुम्वासी बस्तीमा करेन्ट लागेर मृत्यु


भक्तपुर – मध्यपुरथिमि नगरपालिका–१ मनहरास्थित सुकुम्बासी बस्तीमा आज करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

आफ्नो बनाउँदै गरेको घरको ढलानको तार मिलाउने क्रममा करेन्ट लागेर सुकुम्वासी बस्तीमा बस्ने ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रहरीले शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज पठाएर अनुसन्धान सुरु गरेको जानकारी उनले दिए ।

प्रतिक्रिया