बिरालो मर्दा आलिया चिन्तित


मुम्बई(एजेन्सी)– बलिउड अभिनेत्री आलिया भट्ट हालका दिनमा आफ्नो फिल्मको सुटिङमा निकै व्यस्त छिन् । सुटिङको समयमा पनि उनी आफ्नो गतिविधिलाई सामाजिक सन्जालमा फ्यानमा शेयर गरिरहन्छिन् । प्रायः खुशी देखिने यी अभिनेत्री यतिबेला दुःखी छिन् । यो कुराको जानकारी उनले सामाजिक सन्जालमार्फत दिएकी छन् ।

समाचार अनुसार आलियाको सबैभन्दा प्रिय बिरालोको मृत्यु भएको छ । जसकारण उनी निकै दुःखी र चिन्तित छिन् । आलियाको त्यो बिरालोको नाम शीबा थियो । हालैमा बिरालोको मृत्यु भएको हो । आलिया शीबालाई आफ्नो साथी जस्तै मान्थिइन् । शीबाको मृत्युले आलिया मात्र होइन, उनको परिवार नै दुःखी बनेको छ ।

उनले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउन्टमा बिरालोको तस्बिर शेयर गरेकी छन् । जसमा उनले बिरालोलाई काखमा राखेकी छन् । तस्बिरमा बिरालो निकै क्युट देखिएको छ । उनले तस्बिरको क्याप्सनमा ‘गुडबाई माइ एन्जल’ लेखेकी छन् । आलियाका अलावा उनकी आमा सोनी राजदानले पनि शीबाको मृत्युमा शोक व्यक्त गरेकी छन् ।

प्रतिक्रिया