अब विदेशी नागरिकलाई अपार्टमेन्ट खरिदको बाटो खुला


काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला गरेको छ ।

निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको हाउजिङमा विदेशी लगानीको मागलाई सरकारले नयाँ बजेटमार्फत सम्बोधन गरेको हो ।

निजी क्षेत्रले निर्माण गरेका एक सय युनिट भन्दा माथिका अपार्टमेन्टको २० प्रतिशतले हुन आउने अपार्टमेन्ट अब विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न पाइने व्यवस्था गरिने अर्थमन्त्री जर्नादन शर्माले घोषणा गरेका हुन् ।

प्रतिक्रिया