कुस्तीमा अब्बल शिवानीः ओलम्पिक पु¥याउने बुबाको सपना


शेरबहादुर सिंह(रासस)

महेन्द्रनगरडडेल्धुराका राजु दुबे कञ्चनपुरको महेन्द्रनगरमा डेरा गरी बस्छन् । डडेल्धुरामा तेह्र वर्ष मजदूरी गरेर परिवारसहित तराई बसाइँ सर्दै महेन्द्रनगर आइपुगेका सामान्य परिवारको दुबेको सपना भने ठूलो छ ।

राजु दुबेको परिचय एउटा मजदूर र सामान्य व्यक्तिको रूपमा मात्रै होइन, उनी कुस्तीका राष्ट्रिय खेलाडी र कुस्तीमा मुलुकमै प्रतिभावान खेलाडीका रूपमा उदाएकी महिला खेलाडी शिवानी दुबेका बुबा हुन् ।

साँढे १६ वर्षको उमेरमा राष्ट्रियस्तरमा पाँच स्वर्ण र गत वर्ष सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा रजत पदक विजेता शिवानीको सफलताको पछि उनका बुबाको महत्वपूर्ण भूमिका छ ।

राजु दुबे कुनै बेला भारतको हरियाणा क्षेत्रमा गाडीमा मजदूरीसँगै कुस्ती खेल्थे । भारतमा करिब २५ वर्ष कुस्ती खेले, बिहीबार बिहान यहाँस्थित कवर्डहलमा भेटिएका उनले भने, ‘भारत छाडेर स्वदेश आएको २० वर्षपछि छैठौं, सातौं र आठौं राष्ट्रिय कुस्ती प्रतियोगिता खेल्यौँ ।

उमेरले ४५ वर्ष नाघिसक्दा पनि कुस्तीतर्फ छंैठौं र सातांैमा कास्य पदक जितेका दुबेले बृहत आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि सहभागी भएका थिए । आठौंमा त छोरी र म सँगै प्रतिस्पर्धामा उत्रिएका थियौं, सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरेका दुबेले भने, ‘छोरीले स्वर्ण जितिन, म दोस्रो खेलमा घाइते भएर बाहिरिएँ ।

हरेक सन्ततिको सफलताकोपछि अभिभावकको ठूलो भूमिका हुने भन्दै छोरीलाई हरेक दिन यहाँस्थित कवर्डहलमा प्रशिक्षण गराउँदै आएका राजुले आफै पनि नियमित प्रशिक्षण गराउने गरेका छन् । बिहान बुबासित प्रशिक्षण लिइरहेकी शिवानी बेलुकी भने कुस्तीका अन्य खेलाडीसँगै प्रशिक्षणमा हुन्छिन् । बुबाको प्रेरणाबाटै कुस्तीमा अघि बढिरहेकी शिवानीले आगामी लक्ष्य भनेको साग प्रतियोगितामा स्वर्ण जित्ने बताइन् ।

सागमा मेरो प्रतिस्पर्धा भनेकै भारतीय खेलाडीसित हुनेछ, शिवानीले भनिन्, ‘१३औँ सागमा भारतबाट एशियन च्याम्पियन खेलाडीसित टक्कर दिनेगरी प्रतिस्पर्धा गरेको थिएँ । कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच पनि बुबाले डेरामै नियमित प्रशिक्षण दिएको उनको भनाइ छ । प्रायः प्रतियोगिता सकिएपछि खेलाडीले नियमित प्रशिक्षण नै छाड्ने यहाँ परम्परा जस्तै बनेको छ, दुबेले भने, ‘मैले त साग सकिएसँगै छोरीको प्रशिक्षणलाई आजसम्म छुटाइनँ ।

छोरीलाई ओलम्पिकसम्म पु¥याउने लक्ष्यका साथ अग्रसर रहेका दुबेले छोरीलाई चार वर्ष भारतमै राखेर प्रशिक्षण गराउने बताए । यसवर्ष सागपछि छोरीले सम्मान र पुरस्कार स्वरुप रु ६ लाख पाएकी थिइन, उनले भने, ‘सोही रकम छोरीको प्रशिक्षणका निम्ती भारतमा खर्चिदै छु ।

आफूले पनि आर्थिक अवस्था कमजोर हुँदा खेलबाट टाढिनुपरेको बताउँदै उनले अहिले आफ्नै खर्चमा छोरीलाई भारत प्रशिक्षणमा पठाइरहेको बताए । प्रशिक्षणका लागि भारतको हरियाणामा रु अढाई लाख भारतीय रकम जम्मा गरेर आएको छु, उनले भने, ‘मासिक रु दश हजार भारु लाग्छ ।

छोरीसँगै देशका विभिन्न स्थानमा हुने प्रतियोगितामा सहभागी हुने गरेका दुबेले मुलुकमा कुस्तीका अब्बल खेलाडी रहे पनि राज्यले ध्यान दिन नसकेको बताए । नेपालका खेलाडी नभएका होइनन्, उनले भने, ‘खेलकूदबाट आर्थिक अवस्था मजबूत र जागिरको ग्यारेन्टी हुनुपर्छ । फुर्सदमा जग्गा किनबेचको कारोवार गरेर जीविका चलाउँदै आएका उनले डेरामै बसेर छोरी शिवानीसँगै सिङ्गो परिवारको खर्च चलाइरहेको बताए ।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण जितेपछि कान्छी कुस्ती खेलाडीका रूपमा चर्चा बटुलेकी शिवानीले कक्षा८ पढ्दादेखि नै कुस्ती खेलमा आवद्ध भएको बताइन् । राष्ट्रियस्तरमा अहिलेसम्म दोस्रो भएको रेकर्ड छैन, उनले भने, ‘बिहान प्रशिक्षणमा ल्याउनेदेखि खानाको व्यवस्थापनसम्म बुबाले गर्नुहुन्छ । उनले भारतमा प्रतियोगिता जितेर बुबा मेडलसहित घर फर्किंदा आफू पनि हौसिएर खेलकूदमा लागेको बताए ।

त्यसैगरी कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्ती खेलमा सुदूरपश्चिम मुलुककै अब्बल सावित भइसकेको बताए । अध्ययन समय बाहेक शिवानी प्रशिक्षणमा मेहनत गर्छिन्, उनले भने, ‘बल र आइडिया सबै राम्रै छ । गत वर्ष भएको साग खेलकूद प्रतियोगितामा एक स्वर्णसहित सात पदक जितेपछि महेन्द्रनगरको कुस्तीमा वर्चस्व रहेको प्रशिक्षक चन्दको भनाइ छ ।

जिल्ला खेलकूद विकास समितिको कार्यालयको कोठामा प्रशिक्षणरत कुस्ती खेलाडीका लागि हलको व्यवस्थापनको पहल भइरहेको छ । केही दिनअघि यहाँ आउनु भएका राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिवलाई पनि कुस्तीको अवस्था र समस्याका बारेमा बताएका छौं, चन्दले भने, ‘सदस्य सचिवले हलका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।

प्रतिक्रिया