दाङको घोराही उपमहानगरपालिकामा मतगणना सुरु


दाङ – दाङको घोराही उपमहानगरपालिकामा मतगणना सुरु भएको छ।

१९ वटा वडा रहेको घोराही उपमहानगरपालिकामा १४ र १९ नम्बर वडाको मतगणना केहीबेर अघिदेखि सुरु भएको हाे ।हिजो भएको मतदानमा ७६ हजार ५ सय २१ मत खसेको थियो

दाङकै तुलसीपुर उपमहानगरपालिकामा भने जेठ ३ गतेदेखि मात्रै मतगणना गरिने छ । वडा नं १७ का अध्यक्ष पदका उम्मेदवार लवरु चौधरीको निधन भएपछि यस वडाको चुनाव ३ गतेका लागि सारिएको छ ।

दाङको लमही नगरपालिकासहित अन्य आठ पालिकाको मतगणना पनि सुरु भएको छ ।

प्रतिक्रिया