ललितपुर महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने


ललितपुर – ललितपुर महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएकाे छ । बिहान बसेकाे सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेकाे हाे ।

ललितपुर महानगरमा पुरुष ४२ हजार ७ सय ६२ र महिला ४३ हजार ७ सय ७८ गरी ८६ हजार ५ सय ४० मत खसेको छ। महानगरमा कुल मतदाता १ लाख २२ हजार ८ सय ९० छन् ।

ललितपुरका ६ वटै पालिकमा एक लाख ७९ हजार ७ सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ललितपुरमा कुल मतदाता २ लाख ४३ हजार ८ सय ८४ जना छन् ।

प्रतिक्रिया