ट्रान्सफर्मर पड्किएर आगलागी हुँदा एक जनाको मृत्यु


धनुषा – होत्तरीको भंगाहा नगरपालिका-६ जमुनीयास्थित निर्माणाधिन क्रसर उद्योग नजिक राखेको ट्रान्सफर्मर अचानक पड्किएर उद्योग नजिक रहेको घरमा आगलागी हुँदा धनुषा मिथिला नगरपालिका-२ नक्साझीज बस्ने ५० वर्षीय दिनेश महतोको मृत्यु भएको छ ।

ट्रान्सफर्मर अचानक पड्किएर उक्त क्रसर उद्योग रेखदेख गर्न सो घरमा बसेका दिनेशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट जमुनियाबाट खटिएको प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो ।

आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन र अन्य जिन्सी मालसामान जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया