एकीकृत समाजवादीले गुल्मीका १० पालिकामा गर्‍याे उम्मेदवार चयन, को को परे ?


काठमाडौं – शहरी बिकास मन्त्री रामकुमारी झाक्रीको गृह जिल्ला गुल्मीमा आसन्न स्थानिय तहको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पालिका अध्यक्ष तथा उपाध्यक्ष उम्मेदवार चयन गरेको छ ।

आज गुल्मीको तम्घासमा बसेको एकीकृत समाजवादी जिल्ला कमिटी गुल्मीको बैठकले उम्मेदबार चयन गरेको हो ।

गुल्मीका २ नगरपालिका र १० गाउँपालिका सहित १२ वटा पालिकामध्ये १० वटा पालिकामा अध्यक्ष तथा उपाध्यक्ष चयन गरिएको जिल्ला पार्टी अध्यक्ष नरेश भण्डारीले जानकारी दिए । जसमध्ये मुसिकोट नगरपालिकामा अध्यक्षमा प्रदेश सचिवालय सदस्य श्रीराम महत र उपाध्यक्षमा साबित्रा भण्डारी सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।

त्यस्तै, एकीकृत समाजबादी गुल्मीको अध्यक्ष समेत रहेका नरेश भन्डारी धुर्काेट गाउँपालिको अध्यक्ष र प्रेम कला खनाल उपाध्यक्ष पदको लागि उमेद्धार चयन भएका छन् ।

त्यसैगरी, गुल्मी काठमाडौ सम्पर्क मञ्चका सचीव तथा विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सदस्य समिर गौतम मालिका गाउँपालिका अध्यक्ष पदको लागि सर्बसम्मत उम्मेदवार चयन भएका छन् । सोही गाउँपालिकाको उपाध्यक्षमा उर्मिला घर्ति चयन भएकी छन् ।

छत्रकोट गाउँपालिकामा अध्यक्षमा पार्टी रास्ट्रीय परिसद सदस्य हिमाल थापा र उपाध्यक्षमा भावना भन्डारी सर्वसम्मत उम्मेदवार चयन भएका छन् । यसैगरी मदाने गाउँपालिकाको अध्यक्षमा गुल्मी काठमाडौ सम्पर्क मंच उपाध्यक्ष बिक्रम जि एम र उप प्रमुख आशा झाक्रीको उम्मेदवारी रहेको छ ।

इस्मा गाउँपालिकामा अध्यक्ष मदन विष्ट, उपाध्यक्षमा कमला बरालको उम्मेदवारी रहेको छ । त्यसैगरी रेसुङा नगरपालिकामा गणेश बिक, गुल्मी दरवार गाउँपालिकामा नगेन्द्र किरन ठकुरी चयन भएका छन् । त्यसैगरी रुरु गाउँपालिकामा राम जि ज्ञवलि, कालिगण्डकी गाउँपालिकामा झबी पाण्डे सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।

प्रतिक्रिया