बङ्गलादेशको ढुवानी कन्टेनर डिपोमा आगलागी, ३८ जनाको मृत्यु


ढाका – बङ्गलादेशको दक्षिणपूर्वी शहर चटगाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा ढुवानी कन्टेनर डिपोमा शनिबार आगलागी भएको छ । उक्त आगलागीमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सीताकुण्डको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब साढे ९ बजे आगलागी भएको थियो ।

उक्त घटनामा परी ३ सयभन्दा बढी घाइते भएका छन् । घाइतमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । सो आगलागीमा परी ४० अग्निनियन्त्रक र १० प्रहरी अधिकारी पनि घाइते भएको जनाइएको छ ।

दर्जनौँ अग्निनियन्त्रक समूहलाई आगो निभाउन लगाइएको छ । आगलागीसँगै ठूलो विस्फोट पनि भएकाले दर्जनौँ अग्नि नियन्त्रकसहित प्रहरी घाइते भएका थिए । एजेन्सी

प्रतिक्रिया