कञ्चनपुर र चितवनमा दुईजना मृत फेला


काठमाडौं – कञ्चनपुर र चितवनमा दुईजना मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुर, बेलौरी नगरपालिका-६ हात्तीबोझा बस्ने ६५ वर्षीया कलावती धामी सोही ठाउँस्थित नहरमा मृत अवस्थामा फेला परेकी छन् ।

शनिबार बिहान नहरमा नुहाउन भनी गएकोमा साँझसम्म फर्की नआएकपछि खोजी गर्ने क्रममा उक्त नहरमा उनको शव फेला परेको हो ।

चितवन, खैरहनी नगरपालिका-१ गणेश चोकस्थित एकराज डल्लाकोटीको डल्लाकोटी पोल्ट्री फमका गाडी चालक तनहुँ भानु नगरपालिका-११ बस्ने ३० वर्षीय निर्मल घर्ती सोही पोल्ट्रीफर्म नजिकै रहेको कोठामा मृत अवस्थामा फेला परेका छन्।

प्रतिक्रिया