सिन्धुलीबाट एक सातादेखि बेपत्ता पुरुष तामाकोसी किनारमा मृत फेला


दोलखा – एक सातादेखि बेपत्ता भएका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ओमकुमार मोक्तानको शव तामाकोशी किनारमा फेला परेको छ ।

जेठ १३ गतेबाट बेपत्ता भएका ५४ वर्षीय मोक्तानको शव बुधबार साँझ तामाकोसी गाउँपालिका-५ किर्नेटार नजिकै तामाकोसी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका उनको आफन्तले खोजी गरिरहेका थिए । प्रहरीले तामाकोसी किनारमा शव फेलापरेपछि पहिचानका लागि आफन्तलाई आग्रह गरेको थियो ।

आफन्तले शवको पहिचान गरेको प्रहरी निरीक्षक राजेश सिग्देलले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया