स्वीमिङ पुलमा मलाइकाको योगासन


मुम्बई(एजेन्सी)– बलिउड अभिनेत्री मलाइका अरोडा यतिबेला प्रेमी अर्जुन कपूरका साथ गोवामा छुट्टी मनाइरहेकी छन् । उनले गोवामै नयाँवर्ष मनाइन् । मलाइका प्रायः सामाजिक सन्जालमा सक्रिय रहन्छिन् र आफ्नो हरेक विषयलाई अपडेट गर्दै फ्यानमाझ शेयर गर्छिन् । हालैमात्र उनले एक तस्बिर शेयर गरिन् । तस्बिरमा उनी स्वीमिङ पुलमा योग गरिरहेकी छन् ।

उनले तस्बिर शेयर गर्दै उक्त योगलाई ‘उत्थिता हस्ता पान्दागुष्ठासन योग’ भनी लेखेकी छन् । ‘आउनुहोस्, नयाँ वर्षमा वर्कआउट र योग समय तालिकालाई शुरु गरौं । एक नयाँ हप्ताको प्रारम्भ गरौं’ उनले लेखेकी छन् ।

मलाइका आफ्नो फिटनेसलाई लिएर शुरुदेखि नै गम्भीर छिन् । उनी प्रायः आफ्नो सामाजिक सन्जालमा योग आसन वा फिटनेस टिप सम्बन्धी कुरा शेयर गर्छिन् ।

प्रतिक्रिया