जो ज्यान घटाएर फिल्ममा आए


मुम्बई(एजेन्सी)– बलिउडमा यस्ता कैयौं कलाकार छन्, जो हालका दिनमा यूथ स्टाइल आइकन बनेका छन् । युवाहरु उनीहरुको फेसनमात्र होइन, उनीहरुको पूर्ण शैली नै कपी गर्न थालेका छन् । तर केही स्टार अहिले देखिए जस्तो थिएनन् । खास गरी उनीहरुको शरीर यति मोटो थियो कि अहिले उनीहरुको शरीर नियाल्दा उनीहरु पनि मोटा थिए र भनेर जोकोहीले भन्ने गर्दछन् ।

अभिनेत्री सारा अली खानले फिल्म ‘केदारनाथ’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यो फिल्ममा उनले अभिनयसँगै सुन्दरताको पनि तारिफ पाइन् । तर सारा फिल्ममा आउनु अघि निकै मोटी थिइन् । जंक फूडको शौखिन साराले फिल्ममा आउनु अघि ज्यानमा ठूलो परिवर्तन ल्याइन् । उनको वास्तविक तौल ९६ किलो थियो ।

अभिनेता अर्जुन कपूरलाई वर्तमान समयमा मननपराउने कोही छैनन् । उनी हाल अभिनेत्री मलाइका अरोडासँगको सम्बन्धमा छन् । कुनै समयमा अर्जुनको तौल १ सय ४० किलो थियो । त्यही कारण उनी हिरो बन्न चाहँदैन थिए । तर सलमान खानले उनलाई ज्यान घटाउन प्रेरित गरे ।

फिल्म ‘दम लगा के हइशा’ त सबैले सम्झिएकै होलान् । यो फिल्मले मोटी युवतीको कथालाई बोलेको थियो । जसमा प्रमुख भूमिकामा भूमि पेडनेकर थिइन् । जुन समयमा उनी यो फिल्ममा फाइनल भइन्, त्यो समयमा उनको वजन ७५ किलो थियो । तर आज भूमिको ज्यान हेर्दा जोकोहीले पनि भूमि मोटी थिइन् र भन्ने प्रश्न गर्छन् ।

फिल्म ‘दबंग’बाट डेब्यू गरेकी अभिनेत्री सोनाक्षी सिन्हा पनि कुनै समयमा निकै मोटी थिइन् । कुनै समय उनको तौल ९० किलोको थियो । त्यसपछि उनले ३० किलो वजन घटाएर फिल्ममा आइन् ।

गायक अदनान सामीको तौल कुनै समय २ सय ३० किलोको थियो । डाक्टरले यदी उनले वजन घटाएनन् भने ज्यान नै जोखिममा पर्ने चेतावनी पनि दिएका थिए । अदनानले हार मानेन् र आफ्नै शैली अपनाएर उनले वजन घटाए । हाल उनको तौल ७० किलो छ । उनलाई देखेर चिन्न नै मुस्किल पर्न थालेको छ ।

प्रतिक्रिया