अन्यायको हिसाब किताब गरौैंला, स्वतन्त्र लड्नले उम्मेदवारी फिर्ता लिऔं : गगन


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावका बेला टिकट वितरण गर्दा कतिपय कार्यकतालाई अन्याय परेको भए पनि हाललाई पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताएका छन् ।

चुनावअघि र पछि पार्टी भित्र मतभेद हुन्छ तर चुनावका बेला पार्र्टीको निर्णय मान्नुपर्छ भन्दै थापाले बुधबार कांग्रेसको सम्पर्क मञ्चले राजधानीमा आयोजना गरेको कार्यक्रममा भने, ‘अन्यायमा परेका साथिहरुको हिसाव किताव पछि गरौंला तर अहिले स्वतन्त्र उम्मेदवारी दिएका साथिहरुले उम्मेदवारी फिर्ता लिनुहोस् ।’

अन्यायमा परेका पार्टीका नेता कार्यकर्ताको हिसाव किता गरेर क्षतिपूर्ति हुने गरी निर्णय गर्ने ठाउँमा पुर्याउने प्रतिवद्धता थापाले व्यक्त गरे ।

पार्टीमा लामो योगदान गरेका नेता कार्यकर्ताले पार्टीको निर्णय उल्लंघन गरेपछि फेरि फर्किने ठाउँ नहुने उनले बताए ।
अघिल्लो पटक बागी उम्मेदवारी दिएकाहरुलाई अहिले पार्टीले टिकट दिन नसकेको उदाहरण दिँदै थापाले अहिलेसम्म कारबाही फुकुुवा नभएकाले फेरि टिकट दिन गाह्रो हुने बताए ।

प्रतिक्रिया