मृत भेटिए आफन्त भेट्न हिँडेका श्रेष्ठ दम्पती


बुटवल – बुटवलको शिवनगर सामुदायिक वनको जंगलमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले बुटवल उपमहानगरपालिका-११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ मृत भेटिएको जानकारी दिए ।

सो वन बुटवल वडा नम्बर ७ मा पर्छ । उनीहरूको शव भेटिएको ठाउँमा विषको बट्टा भेटिएको डीएसपी पौडेलले बताए ।

उनीहरू वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका थिए । तर, घर नफर्किएपछि खोजी गर्दै जाँदा जंगलमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया