बुटवलमा टुट्याे गठबन्धन, मेयर र उपमेयरमा जसपाकाे उम्मेदवारी


बुटवल – सम्मानजनक रुपमा टिकट वितरण नभएको भन्दै सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले एक्लै बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दिएको छ ।

बुटवलस्थित निर्वाचन कार्यालयमा मेयरमा सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले मनोनयन दर्ता गरेका हुन् ।योसँगै बुटवलमा सत्तारुढ गठबन्धन टुटेको छ ।

बुटवल उपमहानगरमा सत्तारुढ पाँच दलका बीचमा केन्द्रीय तहबाटै गठबन्धन कायम गर्ने सहमति भएको थियो । सहमतिअनुसार बुटवलमा मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा परेको छ ।

प्रतिक्रिया