सुर्खेतको वीरेन्द्रनगरमा उम्मेदवारी दर्ता


सुर्खेत – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा विभिन्न दलहरुले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कांग्रेसबाट नगर प्रमुखमा उपेन्द्र खड्का र उपप्रमुखमा रामकुमारी थापा, नेकपा (एमाले) बाट प्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल तथा नेकपा (माओवादी केन्द्र) बाट प्रमुखमा राजेन्द्र गिरी र उपप्रमुखमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एकीकृत समाजवादीबाट प्रमुखमा धना जिसी र उपप्रमुखमा थिरबहादुर रावत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा मुकुन्दश्याम गिरी र उपप्रमुखमा अन्जु बस्यालले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया