
कर्पोरेट डेभलपमेन्ट बैंकको बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता
काठमाडौं– कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १६ गतेबाट चैत्र २४ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।
उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरू वैशाख २ गते बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालय, सुन्धारा,सिटिसीमल, काठमाडौँमा खोली वैशाख ७ गतेका दिन निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफाँड गरेको हो ।
सेयर बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी आजदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फारममा उल्लेख गरेको बैंकरवित्तीय संस्थाको खातामा रकमान्तर गरिनेछ ।



कागजपत्र |
