

७ करोडको आईपीओ निष्कासन गर्दै बाराही हाइड्रोपावर पब्लिक

काठमाडौं– बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले ७ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै आवेदन दिएको हो ।
धितोपत्र बोर्डको अनुमति पछि उक्त कम्पनीले १०० अंकित दरका कुल ७ लाख कित्ता आईपीओ जारी गर्नेछ । यो आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।
बाराही हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

