
एकैदिन ९५ अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोवार
काठमाडौं– साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा उछाल आएको छ । कारोबारको अन्तिम समयसम्म नेप्सेमा ९५.४६ अंकको वृद्धि भई २४२०.९१ को बिन्दुमा पुगेको छ । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १७.७४ अंकले बढ्दै ४६०.८८ अंकमा उक्लिएको छ ।
सो अंक बराबरको वृद्धि हुदाँ नेपाल स्टक एक्सेन्चमा २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ बराबरको शेयर कारोबार भएको छ । नेप्सेमा २३८ कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर खरिदबिक्री भएको हो ।
अधिकांश कम्पनीका सेयर मूल्य ८ प्रतिशत माथिले बढेका छन् । नेप्सेका अनुसार १० वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने, दुई दर्जन माथिका कम्पनीहरुको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ ।
आज १३ वटा उपसूचकहरु मध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको ७.३२ अंकले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूहको १.०५ प्रतिशतले मात्र बढेको छ ।
सबै उपसमूह उक्लिएका छन् । बैंकिङ ४२, विकास बैंक २६२, फाइनान्स १४३, होटल तथा पर्यटन ८४, जलविद्युत् १८९, जीवन बीमा ४२३, उत्पादन १५६, माइक्रोफाइनान्स १७९, निर्जीबन बीमा ४३४, अन्य ८८ र ब्यापार उपसमूह २२ अंकले बढे ।
नेसनल हाइड्रो, बेस्ट, श्री इन्भेष्टमेन्ट, मञ्जुश्री, जानाकी फाइनान्स, अरुणभ्याली, खानीखोला, घलेम्दी, युनिभर्सल र हिमाल दोलखा हाइड्रोको मूल्य १० प्रतिशतले बढ्यो । अरु ८ कम्पनीको मूल्य करिब १० (९.९ प्रतिशतभन्दा धेरै)ले बढेको छ ।
जल्पा, इमर्जिङ, पोखरा फाइनान्स, आँखुखोला, नेपाल हाइड्रो, बरुण, सिंगटी हाइड्रो तथा युनाइटेड मोदीको मूल्य ९.९ प्रतिशतले बढेको छ ।
साढे २ अर्ब बढीको कारोबार हुदाँ सानिमा बैंक प्रोमेटरले सर्वाधिक कारोबार छ । कम्पनीले एकैदिन २२ करोड बढीको शेयर कारोबार गरेको हो ।
यस्तै,शिवम् सिमेन्टले ११ करोड ७६ लाख, अरुण भ्यालीले ९ करोड १२ लाख,हिमालयन डेस्टीलेरीले ८ करोड ४१ लाख र नेपाल लाइफ इन्स्योरेन्सले ७ करोड ३४ लाख बढीको कारोबार भएको छ ।



कागजपत्र |
