

वाणिज्य बैंकले तिरे २१ अर्ब १८ करोड आयकर

काठमाडौं– वाणिज्य बैंकहरुले सरकारलाई २१ अर्ब १८ करोड बराबरको आयकर तिरेका छन्। चालू आर्थिक वर्षको ९ महिना (चैत मसान्तसम्ममा) वाणिज्य बैंकहरुले सो रकम बराबरको आयकर तिरेका हुन्।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३२ प्रतिशत कम हो। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकहरुले सरकारलाई २१ अर्ब ९१ करोड बराबरको आयकर तिरेका थिए।
कोभिड सकिएपछि त्यसको असर, तरलता अभावका कारण कर्जा विस्तारमा लगाइएको रोकका कारण वाणिज्य बैंकहरुको नाफा खुम्चिएपछि सरकारलाई तिर्ने राजस्वमा पनि गिरावट आएको हो।
नबिल बैंकले चैत मसान्तसम्म सरकारलाई १ अर्ब ५६ करोड ६० लाख रुपैयाँ आयकर बुझाएको छ । भने सेञ्चुरी बैंकले १५ करोड ३४ लाख रुपैयाँ बुझाएको छ ।
सो अवधिमा ८ वटा वाणिज्य बैंकले १ अर्ब रुपैयाँभन्दा बढी, १४ वटा बैंकले ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म र ५ वटा बैंकले ५० करोड रुपैयाँभन्दा कम आयकर सरकारलाई चैत मसान्तसम्म बुझाएका छन् ।
ग्लोबल आइएमई बैंक १ अर्ब ४६ करोड ३१ लाख, राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ४० करोड १४ लाख रुपैयाँ, नेपाल बैंक १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ बुझाएका छन् ।
एनआइसी एशिया बैंक १ अर्ब २८ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट बैंक १ अर्ब २२ करोड रुपैयाँ, प्राइम बैंक १ अर्ब २१ करोड ६२ लाख रुपैयाँ र एनएमबी बैंक १ अर्ब ६ करोड ५८ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका हुन् ।

