विवाह बन्धनमा बाधिदै नायिका वर्षा सिवाकोटी


काठमाडौँ – नायिका केकी अधिकारीले गुपचुपमा बिहे गरेको खबर न सेलाउँदै अर्की नायिका वर्षा सिवाकोटी पनि विवाह बन्धनमा बाधिदै छिन्  । हालै अमेरिका बाट फर्किएकी उनले आज लगन गाँठो कस्ने भएकी हुन् ।

पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले बिहे गर्न लागेकी हुन् ।नाम नखुलाएता पनि निकट श्रोतको अनुसार वर्षाको जीवन साथी अमेरिकामा बसोबास गर्दछन् । बर्षाले पनि गुपचुपमै बिहे गर्न लागेकी हुन्   ।

वर्षाले फिल्म पशुपति प्रसाद बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । उनले त्यसपछि केही फिल्म र म्युजिक भिडियोमा अभिनय गरेकी छन् । यस अघि नायिका केककी अधिकारीले पनि गुप चुप बिहे गरेकी थिइन् ।

प्रतिक्रिया