खल्तीबाट फ्लाइट टिकट बुकिङ गर्दा लखपति बन्ने मौका


काठमाडौं –  ‘खल्ती’ डिजिटल वालेटले फ्लाइट टिकट खरिदमा लखपति बन्ने मौका लिएर आएको छ । यस अफरअन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली विजेतालाई १ लाखको नगद उपहार प्राप्त हुनेछ । यतिमात्र हैन हरेक हप्ता दुईजनालाई फ्लाइट टिकटमा १०० प्रतिशत क्यासब्याक पनि प्राप्त हुनेछ ।

हालैका वर्षमा ‘खल्ती’ फ्लाइट टिकट बुकिङका लागि निक्कै नै सहज प्लेटफर्म भएको छ । जहाँ विभिन्न ठाउँहरुमा सक्दो धेरै क्यासब्याक प्राप्त हुनेछ । यतिमात्र नभई खल्तीबाट विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरी तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको छ ।

यो अफर वैशाख ६ गतेदेखि जेठ ९ गतेसम्म मान्य हुनेछ । यो अफरमा सहभागी हुन प्रयोगकर्ताको केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ ।

यस सेवाका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘प्रयोगकर्तालाई यस क्याम्पेनमा भाग लिन प्रोत्साहन गर्न चाहन्छौँ । नियमित क्यासब्याक र टिकट बुकिङको सहज अनुभवको बम्पर नगद पुरस्कार जित्ने मौका लिएर आएका छौ ।’

यस विशेष अफरका अतिरिक्त, खल्तीले निःशुल्क बैंक ट्रान्सफर, बैंक लिंक क्याम्पेन, स्क्यान एन्ड पे अफर, मुभी टिकट बुकिङलगायतका विभिन्न अफर र क्याम्पेनहरु निरन्तर ल्याइरहेको छ ।

प्रतिक्रिया