

उपकार लघुवित्तको आईपीओ बाँडफाँड शुक्रबार

काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड वैशाख ९ गते (शुक्रबार) हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार उपकार लघुवित्तको आईपीओ बाँडफाँड बिहान ८ बजे हुनेछ । आईपीओ बाँडफाँड कार्यक्रम नेपाल एसबीआई मर्चेन्टको काठमाडौंको हात्तीसारस्थित कार्यालयमा राखिएको छ ।
उपकार लघुवित्तले गत चैत २५ गतेदेखि चैत ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ बिक्री गरेको थियो । कुल कित्तामध्ये ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् ।
यो लघुवित्तको आईपीओमा मागभन्दा झन्डै १२५ गुणा बढी आवेदन परेको छ। यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसअनुसार भाग्यमानी २२ हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये ६ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् ।

