

गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि विश्वप्रकाशले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घुमाउरो शैलीमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। पूर्व(अर्थमन्त्री महेश आचार्यलाई स्मरण गर्दै महामन्त्री शर्माले अर्थमन्त्रीको राजीनामा मागेका हुन्।
नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई विदाइ गर्ने सरकारको निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएसँगै प्रश्न अर्थमन्त्री शर्मातर्फ सोझिएको छ ।
माहामन्त्री शर्माले पूर्व-अर्थमन्त्री महेश आचार्यले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिएको सम्झदै अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन् ।
उनले सामाजीक संजाल ट्वीटरमा लेखेका छन्, ‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्। नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति। समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो।’
मंगलबार सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।
अदालतले कारबाही गर्नुको कारण पनि सरकारसँग माग गरेको छ। गभर्नर अधिकारीले आफूलाई गैरकानुनी, बदनियतपूर्ण र पूर्वाग्रहरूपमा जाँचबुझ समिति गठन गरी निलम्बन गरिएको भन्दै त्यसको खारेजी माग गरी रिट दायर गरेका थिए।
गत २४ चैतमा मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो।
बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मुल्यको प्रस्तुतिलेनै सुन्दर बन्दै जान्छ राजनीति !
समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछी अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ! pic.twitter.com/fh2UeVl85e
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 20, 2022

