

लघुवित्तको ब्याजदर बढाउन दबाब

काठमाडौं – लघुवित्त संस्थाहरूले ब्याजदर बढाउन दबाब दिइरहेको छ । बैंकहरूले लघुवित्तलाई दिने ऋणको ब्याजदर १४.१५ प्रतिशतमा पुर्याएपछि लघुवित्तहरूले १५ प्रतिशतमा नै ब्याजदरमा ऋण लगानी गर्न नसकिने भन्दै १५ प्रतिशतको ब्याजको ‘क्याप’ बढाउन राष्ट्र बैंकलाई दबाब दिएका छन् ।
तर, राष्ट्र बैंकले भने १५ प्रतिशत ब्याजदरको सिलिङ बढाउने वा नबढाउने भन्ने विषयको छिनोफानो आगामी मौद्रिक नीतिमा मात्रै हुने र त्यो भन्दा पहिले ब्याजदरमा कुनै परिवर्तन गर्न नसकिने प्रतिक्रिया दिएको छ ।
लगानीयोग्य रकम (तरलता)को अभाव देखाउँदै बैंकहरूले लघुवित्तलाई दिँदै आएको ऋणको ब्याजदर १४.१५ प्रतिशतमा पुर्याएका छन् । तर, लघुवित्तले त्यति धेरै ब्याजदरमा लिएको ऋण १५ प्रतिशतमा नै लगानी गर्न नसक्ने भन्दै राष्ट्र बैंकलाई ब्याजदरको ‘क्याप’ बढाउन दबाब दिँदै आएका छन् ।

