

अन्ततः गठबन्धनले बाँडे महानगर !
माओवादीले भरतपुर पाउँदा एकीकृत समाजवादी पोखरा र जसपाले पाए वीरगञ्ज

काठमाडौं – अन्ततः आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिकामा उम्मेदवारी दिने पार्टीको टुंगो लागेको छ । लामो समयको कसरतपछि सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनको भागबन्डामा सहमति जुटाएको छ।
बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसलाई ३ महानगर तथा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एकरएक महानगर दिने सहमति भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जनाए ।
६ महानगर र ११ उपमहानगरको भागबन्डामा सहमति जुटाउन सोमवारदेखि गठबन्धनको बैठकमा छलफल भएको थियो।
नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र विराटनर महानगरपालिकामा उम्मेदवार उठाउने छ भने माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा उम्मेदवार उठाउने सहमति भएको छ।
यस्तै, एकीकृत समाजवादीले पोखरा महानगरपालिका पाउँदा जनता समाजवादी पार्टीले विराटनगर महानगरपालिकाको भाग पाएको छ।
सत्तारुढ गठबन्धनमा भागबन्डा मिले पनि कांग्रेसका स्थानीय नेताहरु भने असन्तुष्ट छन् ।

