नेपालको पहिलो फुड रियालिटी सो ‘सेफ नेपाल’ ल्याउँदै अभिनेत्री प्रियंका कार्की


काठमाडौँ– अभिनेत्री प्रियंका कार्कीले नेपालको पहिलो फुड रियालिटी सो ‘सेफ नेपाल’ सञ्चालन गर्न लागेको बताएकी छन्। आफ्नो फेसबुक पेजमा एउटा भिडियो सेयर गरेर उनले त्यसबारे जानकारी दिएकी हुन्।

‘तपाईंहरूसँग कत्ति आफ्नो रेसेपी होलान्,’ उनले भनेकी छन्, ‘तडका मारेर आफ्नै सिग्नेचर स्टाइलमा खाना पकाउनुहुन्छ होला। यहाँहरूका लागि प्लेटफर्म खोई त? चिन्ता नगर्नुहोस् त्यो प्लेटफर्म मैले ल्याउँदैछु।’

पाक कलासम्बन्धी टेलिभिजन रियालिटी सो नेपालमा पहिलोपटक प्रसारण हुने सेफ नेपालको दाबी छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने सोका लागि अडिसन आवेदन आह्वान गरिएको छ। आवेदनमध्ये उत्कृष्ट सय छनोट गरिने सेफ नेपालको आवेदन फारममा उल्लेख गरिएको छ।

प्रतिक्रिया