सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त


काठमाडौं –  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त भएका छन् । चैत्र ३० गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

हाल नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहँदै केही समय अघि सीईओ तुल्सी गौतमले राजीनामा दिएपछि साउन १ गतेबाट कार्यबाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । न्यौपाने सोही बैंकमा लामो समयदेखि कार्यरत छन् ।

काठमाण्डौं विश्व विद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेको न्यपौपानेको बैंकिंङ्ग क्षेत्रमा १९वर्ष भन्दा बढीको अनुभव छ । बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा न्यौपाने बैकिङ्ग क्षेत्रमा परिचित छन्

प्रतिक्रिया