सुर्खेतमा २४ वर्षीया युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एक पक्राउ


सुर्खेत – सुर्खेतमा २४ वर्षीय युवती बलात्कृत भएकी छन् । ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका-५ कालिका बस्ने ३१ वर्षीय सुग्रीव नेपालीलाई मंगलबार राति पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका-५ कालिका टोल नजिकैको जंगलमा सुग्रीव नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले ती युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये सुग्रीवलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार रोशन गुरुङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया