सशस्त्र प्रहरीको २१ दिने आईजीपीको नियुक्ति आज, दुईमध्ये कसले मार्ला बाजी?


काठमाडाैँ- सरकारले आज सशस्त्र प्रहरीमा महानिरीक्षक नियुक्त गर्ने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको चारवर्षे कार्यकाल सकिएर आजदेखि उनले अवकास पाउने भएका हुन्।

अबको आईजीपी लागि खनालकै ब्याचका दुई एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्येबाट नियुक्त गरिनेछ। ती मध्य केसीको चर्चा बढी छ। जो नियुक्त भए पनि वैशाख १९ गतेसम्म मात्रै रहनेछन्। त्यसपछि ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकासमा जानेछन्। चुनावअघि नै सशस्त्रमा फेरि आईजीपी फेरिनेछ।

त्यसपछिको आईजीपी पनि आजै टुंगो लाग्ने छ। एक जनालाई आईजीपी नियुक्त गरेपछि रिक्त हुने एआईजीमा जो बढुवा हुन्छ वैशाख १९ गतेपछि उही आईजीपी बन्ने सुनिश्चित हुनेछ।

२१ दिने आईजीपीका दाबेदार दुवैजना खनालसँगै प्रहरी सेवामा प्रवेश गरेका हुन्। प्रहरी निरीक्षकबाट २०४९ वैशाख १९ गते सेवामा प्रवेश गरेका उनीहरु २०५८ सालमा एक तह बढुवा हुँदै सशस्त्र प्रहरीतिर लागेका थिए। त्यसपछि उनीहरु खनालसँगै एआईजीसम्म बढुवा भए। तर, २०७४ चैत २७ गते सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भए। यी दुई एआईजी त्यतिबेलै आईजीपीमा दाबेदार थिए।

प्रतिक्रिया